बुटवल,बैसाख ११।
भारतको केरलाबाट एक नेपाली बेपत्ता भएका छन् ।
नेपालको रूकुम पूर्व घर भएका बसन्त दमाइ २०८१ चैत्र १५ गतेदेखि सम्पर्क बिहिन भएका हुन् । उनी केरलाबाट नेपाल फर्कदै गरेको परिवारलाइ जानकारी दिएको र त्यसपछि सम्पर्कमा नआएको श्रीमती आशकुमारी दमाइले नागरिक अनलाइनलाइ बताइन् ।
बसन्तलाइ खोज्न नेपालबाट परिवारजन तथा आफन्त बैङ्रलोरसम्म गएको र नभेटेपछि फर्किएको उनले बताइन् । उनी बिगत २ बर्षदेखि भारतमा रोजगारीका लागि पुगेका थिए ।
खोजी गरिदिन परिवारजनले अपील गरेका छन् । उनका ५ सन्तान छन् ।
यी समाचारहरू पनि पढौँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)