बुटवल,पुस २१ ।
गुल्मीका एक बालक १४ दिनदेखि बेपत्ता भएका छन् । रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास घर भएका १२ वर्षिय सुजल बिक पौष ७ गतेदेखी सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
हराइरहेका बिकले सेतो हाइनेक,पहेलो टिसट,कालो रङ्गका पाइन्ट, जुत्ता र सेतो टोपी लगाएका छन् । बेपत्ता बालक उपल्लो तम्घास माध्यमिक बिधालयको कक्षा ४ मा अध्ययन गर्दै आएका थिए।
बालकको खोजीकार्य भईरहेपनि सम्पर्कमा आउन नसकेपछि प्रहरी समक्ष निवेदन दिईएको सुजलको पारिवारले जनाएको छ । सुजललाई भेटाएमा नजिकको प्रहरी कार्यलय वा बालकको आमा कमला बिकको फोन नं ९८४७०१९१५५ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)