Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

रोट्रयाक्ट क्लब अफ बुटवल सिनर्जीको ९औँ पदस्थापन ,अध्यक्षमा कल्पित नेपाल

रोट्रयाक्ट क्लब अफ बुटवल सिनर्जीको ९औँ पदस्थापन ,अध्यक्षमा कल्पित नेपाल

  • 471
    SHARES

  • रोट्रयाक्ट क्लब अफ बुटवल सिनर्जीको ९औँ पदस्थापन ,अध्यक्षमा कल्पित नेपाल

    बुटवल ,कार्तिक १५ ।

    रोट्रयाक्ट क्लब अफ बुटवल सिनर्जीको ९औँ पदस्थापन समारोह सम्पन्न भएको छ। समारोहले रोटरियन कल्पित नेपाललाई क्लबको नयाँ अध्यक्षका रूपमा चयन गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ।
    कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष रो. डी.आर. पन्थीले आफ्नो कार्यकालको जिम्मेवारी नवनिर्वाचित अध्यक्ष रो. कल्पित नेपाललाई हस्तान्तरण गर्नुभएको थियो। पद हस्तान्तरण गर्दै पन्थीले नयाँ अध्यक्ष तथा कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
    कार्यक्रमका प्रमुख अतिथि पास्ट डिस्ट्रिक्ट गभर्नर रोटरियन राजेन्द्रप्रसाद धोजु रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (DRR) रो. प्रकाश शर्मा गैरेको उपस्थिति रहेको थियो।
    त्यसैगरी प्यारेन्ट्स क्लब रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष रोटरियन धर्मदत्त ज्ञवाली, जोन १९ का जोन रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (ZRR) रो. दीपक अधिकारीलगायत क्लबका पूर्वअध्यक्षहरू, डिस्ट्रिक्ट अफिसरहरू, आईपीजेडआरआर, ब्रदर्स क्लबका आईपीपी तथा अध्यक्षहरू, विभिन्न क्लबका आईपीपी, अध्यक्ष एवं अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रममा उपस्थित अतिथिहरूले नवनिर्वाचित अध्यक्ष कल्पित नेपालसहित सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। साथै क्लबले आगामी दिनमा सामाजिक सेवा, नेतृत्व विकास, युवाको क्षमता अभिवृद्धि तथा समुदायप्रतिको उत्तरदायित्वलाई थप प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको थियो।
    कार्यक्रम स्कलर्स होम स्कुलको सभाहलमा सम्पन्न भएको सुमनप्रसाद काफ्लेले नागरिकअनलाइनलाई जानकारी दिनुभयो ।9f4f77b4-c7f6-46be-89f8-40abfdd0fdea.jpeg
    #नागरिकअनलाइन #nagarikonline

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, कार्तिक १६ २०८३०५:०६:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology