Logo बुधवार, श्रावण १३ गते २०८३
images

सल्यानमा नुहाउने क्रममा बेपत्ता भएका श्यामको शव फेला

सल्यानमा नुहाउने क्रममा बेपत्ता भएका श्यामको शव फेला

  • 2.0K
    SHARES

  • सल्यानमा नुहाउने क्रममा बेपत्ता भएका श्यामको शव  फेला

    दाङ,असोज ३१ ।

    सल्यानमा नुहाउने क्रममा शुक्रबार बिहान बेपत्ता भएका एक युवकको शब आइतबार बिहान फेला परेको छ ।

    जिल्लाको कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिकको शब आइतबार बिहान घटनास्थल भन्दा दूई किलोमिटर दक्षिणमा फेला परेको छ ।

    बिक सल्यान र बर्दियाको सिमाना जोडिने स्थान बाटुले भन्ने ठाउँमा  बबई नदीमा श्रीमति संगै नुहाउन गएको समयमा बगेर बेपत्ता भएका थिए ।

    नदीमा पानी धेरै ठूलो रहेको र  बिकले पनि बिहानै मदिरा सेवन गरेका कारण उनी बग्न पुगेको जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए ।

    बेपत्ता बिकको खोजीमा प्रहरी र स्थानीय खटिदै आएका थिए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology