Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको देवदहका २१ बर्षीय बिनोद बेपत्ता,खोजि गरिदिन परिवारको अपील

रुपन्देहीको देवदहका २१ बर्षीय बिनोद बेपत्ता,खोजि गरिदिन परिवारको अपील

  • 3.4K
    SHARES

  • रुपन्देहीको देवदहका २१ बर्षीय बिनोद बेपत्ता,खोजि गरिदिन परिवारको अपील

    बुटवल,फागुन १७ -

    रुपन्देहीको देवदह -६ का २१ बर्षीय किशाेर बेपत्ता भएका छन् । देवदह नगरपालिका-६ खैरेनी मिलनचोक घर भएका बिनोद न्यौपाने हिजाे साँझ ५ बजेदेखि बेपत्ता भएको उनकी आमा माया न्यौपानेले नागरिक अनलाईनलाइ जानकारी दिइन् ।

    १२ कक्षामा पढ्दै गरेका बिनोदले पहेलो टिसर्ट ,कालो ज्याकेट र कालो ट्रयाक लगाएर घरबाट निस्किएका हुन् ।  उनको सबैतिर खाेजबिन गरिएको र फेला नपरेको बहिनी शिल्पाले बताइन् । साथीभाईले उनलाई मनिष भनेर पनि बाेलाउने गर्दथे ।

    उनी पढाईमा अब्बल र लगनशील स्वभावको रहेको ग्रिनप्लान्ट स्कुलका प्राचार्य राजिब सापकोटाले बताए । उनलाई फेला पारेमा नजिककै प्रहरी चाैकीमा खबर गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology