Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलबाट बेपत्ता तीन जना बालक भारतको मुम्बईमा फेला

बुटवलबाट बेपत्ता तीन जना बालक भारतको मुम्बईमा फेला

  • 3.5K
    SHARES

  • बुटवलबाट बेपत्ता तीन जना बालक भारतको मुम्बईमा फेला

    बुटवल,भदौ २६ ।

    रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्किए सँगै बेपत्ता भएका तीन जना बालक भारतको मुम्बईमा फेला परेका छन् । 

    बुटवल उपमहानगर पालिका वार्ड ११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल मुम्बइबाट आफन्तको सम्पर्कमा आएका हुन् । बालकहरू भारतको मुम्बईमा भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए ।

    उनीहरू बुटवल-११ देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर स्कुलमा कक्षा ९ पढ्ने विद्यार्थी हुन् । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालकहरू सम्पर्कमा नआएपछि परिवारले खोजतलासको लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन आफन्तहरूले दिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology