कावासोती ,कार्तिक २०।
गैँडाकोटबाट हराएका दुई जना दाजुभाइको शव जयश्री खोलाको रहमा भेटिएको छ । गैँडाकोट नगरपालिका वडा नं २ एसपीएम टोलका २६ वर्षीय विजयबाबु पौडेल र उनका भाई २१ बर्षका संगम पौडेल सोमबारदेखि हराएका थिए ।
खोलाको किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को शव भेटिएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उनी गैंडाकोट प्रहरीसहित घटनास्थलमा पुगेका थिए ।
कपडा र चप्पल खोलेर पाखामा राखेको र पौडी खेल्न प्रयोग गरिने कपडामा उनीहरु रहेको प्रमुख थापाले बताए ।
यी समाचार पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)