Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गैंडाकोटका ईश्वर सापकोटा २९ दिनदेखि बेपत्ता,खोजी गरिदिन परिवारजनको अपील

गैंडाकोटका ईश्वर सापकोटा २९ दिनदेखि बेपत्ता,खोजी गरिदिन परिवारजनको अपील

  • 13.5K
    SHARES

  • गैंडाकोटका ईश्वर सापकोटा २९ दिनदेखि बेपत्ता,खोजी गरिदिन परिवारजनको अपील

    बुटवल,भदौ २४। 

    पूर्वी नवलपरासी (नवलपुर) गैंडाकोट -१० का एक पुरुष २९ दिनदेखि बेपत्ता भएका छन् । भैँसाखोरी निवासी ४० बर्षिय ईश्वर सापकोटा साउन २७ गते बिहान ४ बजेदेखि सम्पर्क बिहिन भएका हुन् । 

    २७ गते घरबाट निस्किएका सापकोटा अहिलेसम्म फेला नपरेको उनका जेठो दाजु शंकरप्रसाद सापकोटाले नागरिक अनलाइनलाइ बताए । भाइको खोजीका लागि उनीहरु देशका बिभिन्न भागमा पुगिसकेका छन् तर भाइको अत्तोपत्तो नलागेपछि उनीहरु चिन्तित भंएका हुन् । 

    नागरिक अनलाइनसंग उनले भने ‘ परिवारसहित घरमै बसिरहेको भाइ एक्कासी घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आएको छैन, प्रहरी,नातागोता, इष्टमित्र सबैतिर खोज्यौं कांहीपनि फेला नपारेपछि उसैलाई खोज्दै बुटवल  आएका हौँ ।’

     

    बेपत्ता भएका सापकोटाको घरमा  अहिले उनको एक श्रीमती लक्ष्मी सापकोटा,२ बर्षकी छोरी र  १० बर्षको छोरा रहेका छन् ।  उनको खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन इश्वरका माईलो दाइ डिल्लीराम सापकोटाले अपिल गरेका छन् ।

    बेपत्ता भएका ईश्वरको दाहिने हात बांगाे, दाहिने कानमा मुन्द्रा, निधार र घाँटीमा खत छ भने मानसिक सन्तुलन ठिक नभएको दाइ डिल्लीरामले जानकारी दिए ।manis lost gaidakot.jpg

    उनलाइ कसैले फेला पारेमा शंकरप्रसाद सापकोटा जेठाे दाइ -9840365551, इश्वर सापकोटा-9808942052 मा सम्पर्कमा ल्याइ सहयाेग गरेमा उचित पुरस्कार उपलब्ध गराउने परिवारजनको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology