बुटवल,पुस २८।
रूपन्देहीको सियारीबाट एक महिला ८ दिनदेखि बेपत्ता भएकी छन् । सियारी गाउँपालिका –५ बन्घुसरी बजारअघि चिल्हिया घर भएकी ७२ वर्षीया बृद्धा लक्ष्मी सुवेदी पुस २० गते दिउसाे २ बजेदेखि सम्पर्क बिहिन भएकी हुन् । सुवेदीको परिवारजनले आफ्नी आमाको खोजी गरिदिन सबैसँग अपील गरेका छन ।
आमासँग भेट गराइदिनेलाई दश हजार रूपियाँ पुरस्कार दिईने छोरा मञ्जिल सुवेदीले नागरिक अनलाइनसंग बताए ।
‘हजुर आमाले घरबाट निस्कँदा राताे–पहेंलो लुंगी, हल्का रातो सल, स्विटर,कालो ऊनको टोपी र हरियाे झाेला,निलो चप्पल लगाउनुभएको छ,यो जाडोमा उहाँ कहाँहुनुहुन्छ,अवस्था के होला केहि पत्ता लागेको छैन,नातागोता इष्टमित्र सबैतिर खोज्यौं कांहीपनि फेला नपारेपछि चिन्तामा छौं ।’-नातिनी सिजन सुवेदीले नागरिक अनलाइनसंग भनिन् ।
लक्ष्मीका ४ भाइ छाेरामध्ये अहिले माेहन र मन्जिल र छाेरी मुना घरमा छन्। उहाँलाई काँही कतै देखेको खण्डमा नजिकैको प्रहरी,नागरिक अनलाइनको ९८५७०३३०८८वा आफन्तको मोबाइल नाती सिमान्त - ९८१९४०५३२३ जेठाे छाेरा माेहन -९८११५६०५५६ र ९८५७०३९९९२ मा खबर गरिदिनुहुन समेत परिवारजनको अपील छ ।
यी खबरहरु पनि पढाैँ :-
बुटवल सुख्खानगरकी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारजनको अपिल
पाँच दिनदेखि बेपत्ता बुटवल सुख्खानगरकी लक्ष्मी काठमाडौँ कालिमाटी आश्रममा भेटिइन् !
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)