Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

  • 1.6K
    SHARES

  • कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

    काठमाडौं, असोज २४।

    कालिकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन्।आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् ।स्थानीय हेमराज शाहीको शव घाटमा लिएर गएका मलामीहरू बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले नेपालप्रेसलाई बताए ।

    उनले भने,’१३ जना बेपत्ता भएका छन् । जोखिम क्षेत्रमा जनप्रतिनिधिसहित प्रहरी पुगेको छ । अहिले अन्य स्थानीयको उद्दार भइरहेको छ ।’   पहिरोको समयमा पुगेकाले उनीहरू तिला नदीमा खसेको प्रहरी अनुमान छ ।

    कालिकोटमा केहीदिनदेखि पानी परेको र सँगै ठाउँठाउँमा पहिरो खसेकाले सोही पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ । उनहिरुको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

    मलामी जाँदा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology