बुटवल, माघ ९ ।
माघ ७ गते बिहान बिहान ७ बजे घरबाट मर्निङवाक निस्किएकी ७९ बर्षिया जित कुमारी कार्की (धना) घर नफर्केपछि परिवारजन तनावमा छन् । उनी सैनामैना ३,मुर्गियाबाट बेपत्ता भएको र कतै फेला नपरेको उनका कान्छा छोरा चक्र बहादुर कार्कीले नागरिक अनलाइनलाइ बताए ।
उनले भने -‘आमा सम्पर्कबिहिन हुनुभएपछि हामीले सबैतिर खबर गरेका छौं,आफन्तजनकोमा र प्रहरीकोमा पनि तर अहिलेसम्म भेटिनुभएन कसैले फेला पारेमा हामीलाइ सम्पर्क गरिदिनुहोला ।’
जित कुमारीलाइ फेला पारेमा बाबुराम कार्की ९८४७२६३८६५,२० ध्रुव कार्की ९८४१४२३७७८,अर्जुन कार्की ९८४९९१५०१३ र चक्र बहादुर कार्कीको ९८५७०३९९६३ मा सम्पर्क गरिदिन परिवारजनको आग्रह छ ।
यी खबरहरु पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)