तनहुँ, साउन २० ।
नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणीसङ्गमबाट बेपत्ता हुनुभएको हो ।
देवघाट दर्शन गर्न आउनुभएका दाङ जिल्लाको तुलसीपुर नगरपालिका – १२ बस्ने वर्ष ३२ का लोकेन्द्र भुसाल बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।
भुसाल शुक्रवार बिहान ७ः १५ बजे बगाई बेपत्ता भएकोमा खोजतलास भइरहेको र हालसम्म फेला नपरेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)