Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश राजधानीबारेकाे राजपत्रमा प्रकाशित सूचना सच्याउन बुटवल उबासंघको आग्रह

लुम्बिनी प्रदेश राजधानीबारेकाे राजपत्रमा प्रकाशित सूचना सच्याउन बुटवल उबासंघको आग्रह

  • 22.0K
    SHARES

  • लुम्बिनी प्रदेश राजधानीबारेकाे राजपत्रमा प्रकाशित सूचना सच्याउन बुटवल उबासंघको आग्रह

    बुटवल,असाेज २२-  

    बुटवल उद्योग बाणिज्य संघले प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना सच्याउन आग्रह गरेको छ ।

    बुटवल उद्योग बाणिज्य संघले प्रदेशको राजधानी सम्बन्धमा आफ्नो संस्थागत बिमत्ति राख्दै प्रदेश सभाबाट दुई तिहाई बहुमतले पारित भएको प्रदेशको स्थायी राजधानी सम्बन्धि प्रस्तावमा उल्लेख भएका स्थानहरुलाई समेटेर राजपत्रको सूचना सच्याउन माग गरेको हो ।

    प्रदेश सरकारको तर्फबाट प्रस्तावगरी प्रदेश सभाबाट दुई तिहाई मत सहित पारित भएको प्रदेशको राजधानी दाङ् जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदि किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकिएको थियो ।rajpatra lumbini pradesh.jpg

    p5 rajdhani.jpgतर सरकारले जारी गरेको प्रदेश राजपत्रमा राप्ती उपत्यका (देउखुरी) मात्रै उल्लेख भएकोले त्यसलाई तत्कालै सच्याएर प्रस्ताव अनुसार पारित भए जसरी नै राजपत्रमा सूचना प्रकासित गर्न संघले माग गरेको हो ।

    बुटवल उद्योग बाणिज्य संघले बिहिबार प्रेस बिज्ञप्ती जारी गरी छलफल र निर्णयार्थ पेश भएका अर्घाखाँचीको शितगंगा नगरपालिकाको केही स्थान छोडीे राप्ती उपत्यका (देउखरी) मात्र उल्लेख गरी सूचना प्रकाशित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    संघका अध्यक्ष खिमबहादुर हमालद्वारा जारी बिज्ञप्तीमा भनिएको छ–‘भुगोलको मध्यविन्दु खोज्दाखोज्दै पनि प्रस्तावमा उल्लेख भएको स्थानलाई नियतवस हटाई राजनैतिक, संबैधानिक र कानुनी बेइमानी भएको छ ।’letter.jpg

     

    यी समाचारहरु पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology