बुटवल,असोज १६-
प्रदेश न ५ काे राजधानी दाङ देउखुरी लैजाने सरकारकाे निर्णयपछि नेपाल बिद्यार्थी संघले बुटवलमा बिराेध प्रदर्शन गरेकाे छ ।
आजकाे प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएपछि नेविसंघले बुटवलका बिभिन्न स्थानमा टायर बालेर नारा जुलुस गरिरहेकाे छ । बुटवलकाे अस्पतालाइनमा बिराेध प्रदर्शन भैरहेकाे छ । प्रदेशसभा भवन अगाडी कालिकापथमा एक गाडीमा समेत ताेडफाेड गरिएकाे जनाइएकाे छ ।
दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव गरिएकाे छ भने नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएकाे छ ।
बैठकमा प्रस्ताव पेश भए लगत्तै सांसदहरुले आपत्ती जनाएका छन् । नाम राजधानी सिफारिस समितिले प्रस्ताब गरेभन्दा फरक र कार्यसूचि पनि एक्कासी ल्याइएकाे भन्दै नेपाली काग्रेसका रमा अर्याल,फकरुदिन खानले असहमति जनाएका छन् ।अबकाे अर्काे बैठक असाेज १९ गते बस्ने छ । 








नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)