बुटवल,असोज १९ -
तत्कालिन अखण्ड लुम्बिनी आन्दाेलनका अभियान्ता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले प्रदेश नम्बर ५ को राजधानीलाई लिएर भएका घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
उनले वार्ता र सहमतिबाटै निकास खोज्नुपर्नेमा लाठी, ढुंगामुढा, धरपकड र कर्फ्र्यू भन्दा सम्य र मर्यादिन बन्न आग्रह समेत गरेका छन् ।
एवं गुल्मीका पूर्व सांसद भण्डारीले तत्काल गिरफ्तारमा परेकाहरुलाई रिहा गर्न पनि माग गरेका छन् । सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गर्दै डा. भण्डारीले नेताहरुलाई जनउत्तरदायी बन्न आग्रह समेत गरेका छन् । उनी आफूले पनि वार्ताको पहल गरिरहेको जनाएका छन् ।
सामाजिक संजालमा उनले लेखेका छन्,-
‘पाचँ नं प्रदेशको राजधानीलाई लिएर बुटवलमा भैरहेका घटनाप्रति चासो बढ्दै गईरहेको छ । निकास त्यस प्रदेशका, क्षेत्रका नेताहरु संग वार्ता गरेर सहमतीबाट नै खोज्नु पर्दछ।लाठी, ढुंगा मुढा, धरपकड, कर्फ्यू भन्दा सभ्य र मर्यादित बलियो वार्ता हुन्छ तसर्थ गिरफ्तार गरिएका नेताहरु बिष्णु पोखरेल, हरिलाल पाण्डे, शिव गैरे, मुक्ति पौडेल, ज्ञानेन्द्र कार्की, प्रकाश गैरे, कमला पाण्डे लगाएतको तुरुन्त रिहाईको माग गर्दछु । साथै सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गर्दै सबै नेताहरुलाई जनउत्तरदायी बनी दूरदृष्टि लिई जनहितमा आफ्नो ओठमा लागाएको जिप खोल्न अनुरोध गर्दछु । म आफ्नो तर्फबाट सबै नेताहरु संग वार्ताको लागि पहल गरिरहेको कुरा जानकारी गराउन चाहान्छु । -चन्द्र भण्डारी ।’
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)