Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही उद्योग संघकाे निश्कर्ष : ‘राजधानी दाङ लैजाने प्रस्ताव जनमत माथीकाे खेलवाड,बुटवलको विकल्प छैन’

रुपन्देही उद्योग संघकाे निश्कर्ष : ‘राजधानी दाङ लैजाने प्रस्ताव जनमत माथीकाे खेलवाड,बुटवलको विकल्प छैन’

  • 3.8K
    SHARES

  • रुपन्देही उद्योग संघकाे निश्कर्ष : ‘राजधानी दाङ लैजाने प्रस्ताव जनमत माथीकाे खेलवाड,बुटवलको विकल्प छैन’

    बुटवल,असोज १७ -

    प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णयलाइ रुपन्देही उद्योग संघले जनमत माथीकाे खेलवाड भनेकाे छ ।

     संघले एक प्रेस विज्ञप्ती जारी गर्दै  प्रदेश सभामा पेश भएको प्रस्ताव प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ । बहुसंख्यक जनताको केन्द्र , पूर्वाधारका हिसाबले सम्पन्न र उपयुक्त रुपन्देही जिल्लाबाट राजधानी सारेर  लैजाने निर्णय अव्यवहारीक र अदुरदर्शि भएको संघको ठहर गरेकाे छ ।

    बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका व्यवसायिक संघसंस्था र आम सर्वसाधारणले गरेको योगदानलाई अवमुल्यन गर्दे राजनैतीक पूर्वाग्रही मानसिकता कारण हालको विषम परिस्थिीतिको समेत ख्याल नराखी प्रस्ताव पेश गरिनु यस क्षेत्रका व्यवसायी र जनमत माथी खेलवाड गर्न खोजिएको स‌घले जनाएकाे छ ।

     देशका हरेक आन्दोलनको उर्वर भूमिका रुपमा परिचित बुटवलका व्यवसायी र आम जनताको शक्तिलाई कमजोर नठान्नु हुन र समयमै उचित कदम चाल्नुहुन समेत जोडदार माग समेत गरेकाे छ । प्रदेश नं ५ को स्थायी राजधानी बुटवलको विकल्प नरहेको  जनाएकाे छ ।

    हेराैँ प्रेस विज्ञप्ती :-

     

    rci.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology