Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल आन्दाेलनमा प्रहरी दमनपछि नेविसंघले भन्याे-‘बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकता’

बुटवल आन्दाेलनमा प्रहरी दमनपछि नेविसंघले भन्याे-‘बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकता’

  • 3.6K
    SHARES

  • बुटवल आन्दाेलनमा प्रहरी दमनपछि  नेविसंघले भन्याे-‘बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकता’

    बुटवल,असोज १९ - 

    बुटवलमा जारी आन्दोलनमा दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध जनाएको छ ।प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएको विरोधमा रुपन्देही आन्दाेलनमय छ ।

    मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा बुटवलबाट पक्राउ परेका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेललगायतलाई विनाशर्त रिहा गर्न पनि नेविसंघले माग गरेको छ ।

    आन्दोलनमा दमन गर्नु सरकारको पराजित मानसिकता भएको नेविसंघको टिप्पणी छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले भनेका छन्, ‘छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज हो ।’


    मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरू हरिलाल पाण्डे, शिव गैरे, विष्णु पोखरेल, ज्ञानेन्द्र कार्की, नेपाल तरुण दलका क्षेत्रिय सभापति प्रकाश गैरे र पत्रकार कमला पाण्डे लगायतलाई तत्काल रिहा गर्न महामन्त्री तिमल्सिनाले माग गरेका छन् ।

    काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा बुटवलमा आउँदै गर्दा राजमार्ग चौराहा नजिक मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि ढुंगा प्रहार भएको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।

    सो घटनामा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नेविसंघ महामन्त्री तिमल्सिनाले आन्दोलनको कार्यक्रमबारे छलफल गर्न बैठक बसिरहेको बेला प्रहरीले पक्राउ गरेको बताए ।

    यी समाचार पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology