Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजधानी सार्ने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उद्योग बाणिज्य संघको चेतावनी

राजधानी सार्ने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उद्योग बाणिज्य संघको चेतावनी

  • 7.1K
    SHARES

  • राजधानी सार्ने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उद्योग बाणिज्य संघको चेतावनी

    बुटवल,असोज १७ -

    प्रदेश पाँच सरकारले प्रदेशको राजधानी दाङ् लैजान प्रस्ताव गरेपछि त्यसको सर्वत्र बिरोध भएको छ । सरकारले प्रदेशको अस्थायी मुकाम बुटवल तोकेपछि प्रदेश सभा सञ्चालनका लागि आफ्नो सम्पूर्ण भवन प्रदान गरेको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले गम्भिर आपत्ती जनाएको छ ।

    संघको शनिबार बुटवलमा बसेको बैठकले प्रदेश सरकारको उक्त निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै राजधानीका लागि रुपन्देहीको विकल्प नभएको पनि उल्लेख गरेको छ । बैठकपछि संघले जारी गरेको बिज्ञप्तीमा उक्त निर्णय तत्काल फिर्ता लिनको लागि सरकारसंग आग्रह गर्दै उक्त प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिईएको छ । प्रदेश सरकारले शुक्रबार मात्रै प्रदेश सभामा सरकारको तर्फबाट प्रदेशको स्थायी राजधानी दाङ् र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको थियो ।

    प्रदेशको राजधानीका लागि भौतिकपूर्वाधार तथा स्रोत साधनको उपलब्धता, भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, यातायातको सुगमता, बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका कारणले प्रदेशको राजधानी रुपन्देही नै उपयुक्त रहेको समेत उल्लेख गरिएको छ ।

    ‘प्रदेश भूगोल मात्रै हाईन । प्रदेश भित्र रहने बहुसंख्यक जनताको हित र सेवा प्रवाहमा हुने सुविधा, भौतिक पूर्वाधार र साधन स्रोतको उपलब्धता र उच्चतम उपयोग बुझ्नु पर्दछ ।’

    विज्ञप्तीमा भनिएको छ–‘प्रदेशको मुकाम कायम हुँदा रुपन्देहीबासी र यहाँका निजी क्षेत्रले निर्वाह गरेको भूमिकालाई भूलेर सरकारले समेत घुमाउरो बाटोबाट प्रदेश राजधानी अन्यत्रै लैजाने प्रदेश सरकारको निर्णय प्रति संघको गम्भिर आपत्ती छ ।’Pradesh Rajdhani Press release 2077.6.jpg

    सरकारले प्रदेश सभामा प्रस्तुत गरेको उक्त प्रस्ताव फिर्ता गर्न आग्रह गर्दै संघको बिनम्र आग्रहलाई कमजोरी ठानेमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिईएको छ । ‘राजधानी भौगोलिक रुपमा केन्द्र बिन्दुमा भन्दापनि सबैलाई पायक पर्ने ठाउँमाहुनुपर्दछ भन्ने हाम्रो भनाई हो ।’ बिज्ञप्तीमा भनिएको छ–‘सरकारले बहुसंख्यक जनताको भावनाको कदर गर्नेछ भन्ने हामीले विश्वास समेत लिएकाछौं ।’

    त्यस्तैगरी संघले उठान गरेको विषयमा साथ दिनका लागि उद्योगी व्यबसायी तथा राजनीतिक दलहरुलाई आग्रह गर्दै पार्टी निर्णयभन्दा माथि उठेर बहुसंख्यक जनताको भावना अनुसार रुपन्देहीमै राजधानी हुनुपर्ने बिषयमा अडान राख्न समेत प्रदेश सभा सदस्यहरुसंग अनुरोध गरिएको छ । 

    नेपाली कांग्रेसद्वारा भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा,आज साँझ राँके जुलुस निकाल्ने (भिडीयाे सहित)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology