बुटवल,असोज १७ -
नेपाली कांग्रेसले भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा गरेकाे छ । आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएकाे छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे ।
कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।
आज राँके जुलुस,भाेली वृहत प्रदर्शन सहित रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन,प्रदेशसभा घेराउ र धर्ना लगायतका कार्यक्रमहरु गर्ने निर्णय भएकाे काग्रेस नगर सभापति खेलराज पाण्डेयले नागरिक अनलाइनलाइ जानकारी दिए ।
१९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको काँग्रेस रुपन्देही सचिब रामकृष्ण खाँणले बताए । काग्रेसले यसबारेमा थप जानकारी दिनका लागि बुटवलमा पत्रकार सम्मेलनकाे आयाेजना गर्ने तयारी गरेकाे छ ।
यी समाचार पनि पढाैँ :-
प्रदेश ५ : नाम लुम्बिनी,राजधानी दाङकाे देउखुरी कायम गर्न प्रस्ताव पेश
प्रदेश ५ को राजधानी बुटवलबाट सार्न नेकपा तयार,दाङको भालुवाङ लैजान ओली र प्रचण्डबिच सहमति !
रुपन्देही व्यापार संघले भन्याे-‘ दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत ’
राजधानी सार्ने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उद्योग बाणिज्य संघको चेतावनी
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)