Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीका २ हजार कार्यकर्ताद्वारा सत्तारूढ नेकपा परित्याग

रूपन्देहीका २ हजार कार्यकर्ताद्वारा सत्तारूढ नेकपा परित्याग

  • 4.8K
    SHARES

  • रूपन्देहीका २ हजार कार्यकर्ताद्वारा सत्तारूढ नेकपा परित्याग

    २० आश्विन २०७७, मंगलवार । 

    प्रदेश सरकारले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङको भालुबाङ सार्नका लागि संसदमा पेश गरेको प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

    रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    उनीहरुले जनभावना अनुरुप पार्टी नचलेको, औचित्य विना प्रदेशको राजधानी सार्न खोजिएको, निर्वाचनको प्रतिवद्धता पुरा गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

    रुपन्देहीका विभिन्न ३५ वटा संघसंस्थाका २ हजार २ सय ४९ जना नेकपाका कार्यकर्ताले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    राजीनामा सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका पुर्व अध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पर्यटन ब्यवसायी माधव नेपाल, उद्योग परिसंघका अध्यक्ष एजाज आलम, रुपन्देही ब्यापार संघका अध्यक्ष याम लोहनी, पश्चिम नेपाल यातायात ब्यवसायी प्रा।लिका संचालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा लगायतको उपस्थिती रहेको थियो ।

    यी समाचारहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन २० २०७७०१:०७:४४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology