बुटवल,असाेज २१-
लुम्बिनी प्रदेश सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले राजधानी सरेपनि चित्त नदुखाउन आग्रह गरेका छन् । अहिलेको अबस्थामा राजधानीको नंया संरचना बनाउन र पूर्ण रुपमा राजधानी सार्न कम्तिमा ५ बर्ष लाग्ने समेत उनको तर्क छ ।
स्थायी राजधानी दाङ (देउखुरी-भालुबाङ) र नाम लुम्बिनी दुइतिहाइले पारित भएपछि बुद्ध टेलिभिजनको नियमित कार्यक्रम बुद्ध राइजमा कपिल ज्ञवालीसंग कुरागर्दै मन्त्री चौधरी भने-‘ मैले त बुटवल नै राजधानी बनाउने भनेर मनोबिज्ञान बनाएर लबिङ गरेकै थिए,हिजो अखण्ड लुम्बिनीको पक्षमा पनि आन्दोलनको नेतृत्व गरेकै हो,अब पार्टीका २ अध्यक्षले नै निर्णय गरेपछि ब्याक हुनुपरेको हो ।’
उनले भने —‘तर राजधानी नहुदैमा केहि नबिग्रिने उनको भनाइ छ ।’उनले विकास निर्माणका गति रुपन्देही आसपासमा नरोकिने भन्दै भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका चौधरीले क्रमागत योजनाहरुले रुपन्देहीका बुटवल,भैरहवा त्यस्तै नवलपरासी,कपिलबस्तुलाइबुद्ध सर्किट र आर्थिक एवं पर्यटकीय राजधानी बनाइने बताए ।
मंगलबार प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो । विपक्षमा १३ मत परेको थियो । प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए ।
त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत परेको थियो। विपक्षमा ४ मत परेको छ। मतदानमा ८३ जना उपस्थित थिए । २०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि नाम र स्थायी राजधानी तोक्न सकेको हो ।
यी समाचारहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)