Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अवैध साँठगाठँले बुटवलबाट राजधानी सरेको काँग्रेस नेता भरत शाहकाे आरोप 

अवैध साँठगाठँले बुटवलबाट राजधानी सरेको काँग्रेस नेता भरत शाहकाे आरोप 

  • 5.6K
    SHARES

  • अवैध साँठगाठँले बुटवलबाट राजधानी सरेको काँग्रेस नेता भरत शाहकाे आरोप 

    बुटवल,असाेज २२-  

    नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले वहुमतको आधारमा हरेक निर्णय गर्दै गए जनतामा वदलाको भाव बढ्दै जाने बताउनुभएको छ ।

    नेकपाका भित्रका नेताहरूकाे अवैध साँठगाठँले बुटवलबाट राजधानी सरेको  शाहकाे आरोप छ ।  उहांले राजधानी सार्ने जस्तो महत्वपुर्ण विषयमा गंभिर छलफल र संवाद हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो ।

    रुपन्देहीको कञ्जन गाउपालिकामा वडा न ५ मा नेपाली कांग्रेसले आयोजना गरेको पार्टि प्रवेश कार्यक्रममा बोल्दै नेता शाहले अल्पमत पक्षलाई हरेक कुरामा उपेक्षा गर्दै गए संघियता विरोधी भावना बृद्धि हुदै जाने धारणा राख्नु भयो ।nc prabesh  (2).jpg

    जनताको भावनासंग जोडिएका विषयलाई बहुमतका आधारमा निर्णय  गर्दै धेरै कुरा विचार गर्नु पर्ने उहांको तर्क रहेको छ । सो अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका उमेदवार विष्णु पोख्रेलले सरकार वहुमतका नाममा दम्भ बढ्दै गएको बताउनुभयो ।

    उहांले जनतामा डर त्रास श्रृजना गरेर सुरक्षा घेरामा राजधानी सार्ने निर्णय गरेर गल्ती गरेको पनि बताउनुभयो ।  आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुको अवैध साढगाढका कारण राजधानी सरेको स्थानियको आरोप रहेको छ ।nc prabesh  (1).jpg

    वडा सभापती लोकराज पौडेलको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापती वासिउद्धिन मुसलमान, केन्द्रिय विभाग सदस्य वासुदेवदिन पौडेल, जिल्ला सदस्य देविराम रेग्मी ,गिरि वहादुर पुन लगायतले बताए ।  

    यी समाचारहरु पनि पढाैँ :-

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology