बुटवल,पुस ७-
नेकपाको प्रचण्ड नेपाल समूहले पार्टीको अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ। स्थायी कमिटी बैठकबाट गरिएको निर्णय केन्द्रीय कमिटी बैठकबाट पनि पारित भएपछि माधवकुमार नेपाल अध्यक्ष बनेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर सो स्थानमा नेपाललाई अध्यक्ष बनाउने निर्णय केन्द्रीय कमिटीले गरेको हो।
बानेश्वरको कार्की ब्यांकेटमा भएको केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनमा जाने निर्णयसमेत गरेको छ।
उक्त समूहको केन्द्रीय समितिको अर्को बैठक बिहीबार बस्ने भएको छ। प्रचण्ड नेपाल पक्षले संसदीय दलको बैठक बुधबार साढे ११ बजेका लागि बोलाउने निर्णय पनि गरेको छ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय संसद विघटन नभएर ओली सरकार विघटन भएको दाबी गरेका छन्।बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको भन्दै उनले अझै पनि संसद विघटन नभएको बताए।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट प्रचण्ड–माधव नेपालहरु आफ्नै कारणले किनारा लागे पनि आफू नेतृत्वको नेकपाले आगामी वैशाखमा हुने निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने गरी योजना बनाइने बताएका छन् ।
केन्द्रीय कमिटीको बालुवाटारमा सम्पन्न बैठकमा ओलीले महत्वाकांक्षी योजना सुनाउँदै चुनावमा कम्तीमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले अबको आफ्नो अभियान त्यस हिसाबले सञ्चालन हुने र आँधी तुफान सिर्जना गरिने बताए ।
बैठकमा सदस्यहरुलाई उत्साहित पार्दै ओलीले त्यो जित निकाल्ने योजना र सामर्थ्य आफूसँग रहेको दाबी गरे ।यसबीचमा पार्टीका कमिटी तथा विभागहरुलाई पूर्णता दिने र सबै संरचनाहरु व्यवस्थित गरि चुनावमा होमिन सबैलाई निर्देशन दिए ।
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)