बुटवल,पुस ६-
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस ७ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्न लागेको हो।
संसद विघटन भएपछिको अवस्थाबारे छलफल गर्न र आवश्यक रणनीति तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।
केन्द्रीय समिति बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो।
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)