Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपाले महरालाई स्थायी कमिटी सदस्य बनाउने

नेकपाले महरालाई स्थायी कमिटी सदस्य बनाउने

  • 3.2K
    SHARES

  • नेकपाले महरालाई स्थायी कमिटी सदस्य बनाउने

    बुटवल,पुस ६-

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ।

    आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

    आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। आजको बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ। 

    पूर्वमाओवादी नेता महराले सभामुख निर्वाचित भएसँगै पार्टीको सदस्यता स्थगित गरेका थिए। महरा माथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था बनेको थियो।

    उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन्। 

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology