Logo बिहिवार, आश्विन १ गते २०८३
images

पहिले र अहिलेका तीज ...

पहिले र अहिलेका तीज ...

  • 1.3K
    SHARES

  • पहिले  र अहिलेका तीज ...

    सीता भुसाल (पन्थी) ।

    तीज भन्नेबित्तिकै आजभन्दा पहिलेको त्यो बाल्यकाल सम्झिन्छु।
    तीज आउनु केही दिनअघिदेखि नै मनमा छुट्टै खुसी हुन्थ्यो। नयाँ लुगा  कहिले लगाउन पाइएला, दिदीहरु कहिले भेला होलान्, आमाले  दरमा के पकाउनु हुन्छ होला भन्ने उत्सुकता हुन्थ्यो।

    त्यतिबेला तीजको दरमा आजजस्तो धेरै परिकार हुँदैनथे, तर तामाको बोडिको तरकारी घ्यु राखेको भात खिर काक्रो गिठाको अचार मा मायाको स्वाद हुन्थ्यो ।
    आमाले पकाउँदै गर्दा भान्सामै वरिपरि बसेर ‘यो कहिले पाक्छ?’ भन्दै कुरेको सम्झना अझै ताजा छ। 
    दिदीबहिनी र छिमेकीका दिदीहरू जम्मा भएर तीजका गीत गाउनुहुन्थ्यो।att._0rsttUt-A_nUwWquRppN2ufomCfTQR4u_s0eTnEqPk.png

    हामी साना बच्चाहरू भने वरिपरि दौडिँदै, नाच्दै, कहिले दरको थालमा आँखा लगाउँदै रमाउँथ्यौँ। दिदिहरुले लियको कोसेली फलफुल हातमा बोकेर खाँदै गरेको त्यो खुसी आज हजारौँ रुपैयाँ खर्च गरेर खाएको खानामा पनि कहाँ पाइन्छ र?
    पहिलेको तिज कति आत्मियता थियो दिदिलिन भन्दै दिभर हिनेर दिदी घर पुगेर भोलिपल्ट भतिजा भतिजी बोकेर आहिन्थ्यो परिवार प्रती कति धेरै आत्मियता थियो अनुहार मा कति खुसी हुन्थ्यो अनि अनि फोटो खिच्ने मोबाइल खासै हुदैनथियो तर हरेक पलको मनमा सम्झना गहिरो सङ बसेका थिय
    आज तीज निकै भव्य भएको छ। नयाँ–नयाँ पहिरन, गहना, पार्टी, दरका अनेकौँ परिकार र सामाजिक सञ्जालका सुन्दर तस्वीरहरूले तीजलाई झनै चम्किलो बनाएका छन्। समयसँगै संस्कृति मनाउने तरिका पनि फेरिएको छ।
    तर कहिलेकाहीँ लाग्छ—
    आज सबै कुरा भयर पनि त्यो बाल्यकालको मेरि आमाले बनायको  त्यो काक्रो को अचार खिर रोटी  पुलाउको स्वाद खासै भेटदिन आज तिजमा रमाइलो होला तर त्यो पुरानो घरको आगनमा भगेरी चरी हाम्री आमाको छ छ भैनी छोरी आमाले भोगेको दिदिबहिनीले भोगेका दुख हरु सब्द मा उतारेर गायका मौलिक गित को आवाज आहा 
    त्यसैले तीज आउँदा नयाँ लुगा र गहनाभन्दा पहिले  अझै पनि मनले यहि पुरानो  घरको आगनी दिदिबहिनी हरु सङ गरेको रमाइलो खोज्छ 
    आमाको हातको खाना, दिदीबहिनीको हाँसो, भान्साको त्यो सुगन्ध, आँगनको चहलपहल अनि बाल्यकालमा बिताएका ती निर्दोष दिनहरू…
    सायद त्यसैले होला आजको तिज आखाले हेरेर रमाइलो लाग्छ तर पहिलेको तिज सम्झना मन भित्रै भक्कानिन्छ 
    समय बदलियो, तीज बदलियो, हामी पनि बदलियौँ…
    तर बाल्यकालको त्यो तीज र आमाको हातको खानाको स्वाद भने मनको कुनै कुनामा सधै उस्तै रहिरहेछ मेरि आमालाई धेरै माया अनि सम्झना अनि सङै तिज मा रमाइलो गरेका दिदिबहिनी अनि मेरो बाल्यकालको साथिहरुमा  पनि मीठो सम्झना  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र २८ २०८३१०:३३:१७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology