Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनद्वारा प्रधानमन्त्री राहात कोषमा ४० लाख १ रुपैया आर्थिक सहयोग

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनद्वारा प्रधानमन्त्री राहात कोषमा ४० लाख १ रुपैया आर्थिक सहयोग

  • 1.4K
    SHARES

  • पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनद्वारा प्रधानमन्त्री राहात कोषमा ४० लाख १ रुपैया आर्थिक सहयोग

    बुटवल ,भदौ २७ ।

    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसन, प्रधान कार्यालय, बुटवलद्वारा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप राहात कोषमा आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
    एशोसियसनले आइतवार आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी गराएको हो ।

    एशोसियसनका अध्यक्ष हिमाल गैरेले संस्थामा आवद्ध पेट्रोलिय व्यवसायीहरुबाट संकलन गरेको रकममा संस्थाकातर्फबाट रकम थप गरि राहात कोषमा रकम जम्मा गरेको बताउनुभयो ।

    अध्यक्ष गैरेका अनुसार एशिसीयसनले प्रधानमन्त्री राहात कोषमा ४० लाख १ रुपैया आर्थिक सहयोग प्रदान गर्ने घोषणासहित रकम प्रदान गरेको बताउनु भयो ।
    सो अवसरमा अध्यक्ष गैरेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका क्षेत्रहरूमा पु¥याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नु भयो । यो दुःखद अवस्थामा सबै क्षेत्रबाट मानविय सहायताका हातहरु अगाडी बढाउन अध्यक्ष गैरेले आग्रह पनि गर्नु भएको छ ।
    अध्यक्ष गैरेले पश्चिमाञ्चल एशोसियसन अन्तरगतका क्षेत्रहरुमा पेट्रोलियम पर्दाथको अपूर्ति र वितरणमा कुनै प्रकारको अवरोध नभएको जानकारी गराउदै इभि गाडीहरुको बढ्दो प्रयोगले पेट्रोलको विक्रिमा उतारचढाव नआएको जिकिर समेत गर्नुभयो ।
    कार्यक्रममा एशोसियसनका निर्वमान अध्यक्ष प्रेम न्यौपानेले बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति समवेदना प्रकट गर्दै सो क्षेत्रका जनतालाई परेको पिडामा सबै नेपाली सहयोगी बनेर सहयोग उपलब्ध गराउने अभियानमा जुट्न आग्रह गर्नु भयो ।

    कार्यक्रम एशोसियसनका महासचिव डासीराम अधिकारीले सञ्चालन गर्नु भएको थियो । एशोसिसनमा आवद्ध ७० जना व्यवसायीहरुले रकम सहयोग गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र २८ २०८३०३:३३:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology