Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस क्षेत्र नम्बर–२ रुपन्देहीद्वारा विपद् व्यवस्थापन कोषमा ५१ हजार योगदान

कांग्रेस क्षेत्र नम्बर–२ रुपन्देहीद्वारा विपद् व्यवस्थापन कोषमा ५१ हजार योगदान

  • 1.5K
    SHARES

  • कांग्रेस क्षेत्र नम्बर–२ रुपन्देहीद्वारा विपद् व्यवस्थापन कोषमा ५१ हजार योगदान

    बुटवल, भदौ २७ ।
    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ ले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग गर्ने उद्देश्यले नेपाली कांग्रेस केन्द्रीय समितिले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा ५१ हजार १ सय ४५ रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

    क्षेत्रीय समितिको बैठकले उक्त रकम क्षेत्रको तर्फबाट कोषमा योगदान गर्ने निर्णय गरेको हो । साथै विपद्को समयमा मानवीय सहयोगका लागि इच्छुक पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई समेत योगदानमा सहभागी हुन बैठकले अनुरोध गरेको छ ।

    क्षेत्र नम्बर–२ अन्तर्गतका २३ वटै वडा कार्यसमिति सभापति, तीनवटै पालिका कार्यसमिति सभापति तथा महाधिवेशन र महासमिति सदस्यहरूको सहभागितामा बैठक बसेको थियो ।

    बैठकले नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत पहिलो चरणमा सम्पन्न हुने वडा, पालिका, प्रदेश र क्षेत्रीय अधिवेशनलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।

    यसैगरी, २०८२ भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त बुटवल–२, मैनाबगरस्थित नेपाली कांग्रेसको कार्यालयको मर्मत तथा रंगरोगनमा सहयोग गर्ने सहयोगीहरूप्रति बैठकले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

    क्षेत्रीय समितिले पार्टी कार्यालयमा स्थापना गरेको स्वर्गीय सूर्यप्रसाद प्रधान स्मृति पुस्तकालय निर्माणमा सहयोग गर्ने सहयोगीहरूप्रति समेत बैठकले आभार प्रकट गरेको क्षेत्रीय सभापति प्रजापाल गिरीले नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।

    सभापति गिरीका अनुसार पार्टीको संगठन सुदृढीकरण, आसन्न महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तथा विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्ने विषयलाई बैठकले प्राथमिकतामा राखेको सचिव बिमलराज भट्टराईले बताउनुभयो ।

    छलफलमा केन्द्रीय सदस्य रामबहादुर कार्की ,प्रदेशसभा सदस्य जमुना ढकाल,महासमिति सदस्य कुमार केसी, नगर सभापति खेलराज पाण्डे,हरि पाण्डे,,वडासभापतिहरू लगायतले बोल्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र २८ २०८३११:५२:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology