Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रभु बैंकद्वारा बुटवलमा रक्तदान, ५१ युनिट संकलन

प्रभु बैंकद्वारा बुटवलमा रक्तदान, ५१ युनिट संकलन

  • 612
    SHARES

  • प्रभु बैंकद्वारा बुटवलमा रक्तदान, ५१ युनिट संकलन

    बुटवल,भदौ ३० ।

    प्रभु बैक लिमिटेडले मंगलबार देशभर रक्तदान कार्यक्रम गरेको छ । रसुवाको भोटेकोशीमा गएको बाढीसंगै आवश्यक पर्ने रगत अभाव रोक्न भन्दै देशका सात वटै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो ।

    बैकको लुम्बिनी प्रदेश कार्यालय अन्तरगत बुटवल शाखामा मंगलबार गरिएको वृहत रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको प्रबन्धक यादव भट्टराईले नागरिक अनलाइनलाई बताए ।

    एक समारोहका बिच समाजसेवी महेन्द्र नारायण श्रेष्ठ, प्रभु बैकका क्षेत्रिय प्रबन्धक सुभाष कुँवरले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरणसहित कार्यक्रमको उद्घाटन गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको बताए ।

    बैक तथा वित्तिय सेवासंगै संस्थाबाट सामाजिक उत्तरदायित्वमध्येको उत्कृष्ट कर्म रक्तदान गरिएको उनले बताए । ‘बैकको केन्द्रिय कार्यालय अनामनगर काठमाडौं सहित बुटवल, सुर्खेत, धनगढी, बिराटनगर, सिमरा, पोखरा, चितवन गरि सात प्रदेशमा नै मंगलबार रक्तदान गरिएको छ ।’– उनले भने ।

    कार्यक्रममा बुटवल शाखा प्रबन्धक यादव भट्टराईले ग्राहकलाई बैकिङ सेवासंगै सामाजिक उत्तरदायित्वका गतिविधिमा अग्रसर रहेको बताए । वित्तिय साक्षरता, खेलकुद, रक्तदान लगायत वर्षभरि नै धेरै कार्यक्रम गर्दै आएको उनको दाबी छ ।

    यसैगरि भोटेकोशीमा गएको बाढीपिडितहरुलाई बैकमार्फत २ करोड ११ लाख ११ हजार १ सय ११ तथा कर्मचारी, बोर्ड सदस्यमार्फत थप ४० लाख रुपैया प्रधानमन्त्री दैविप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको उनले बताए । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको बुटवल शाखा प्रबन्धक यादव भट्टराईले बताए ।

    कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, समाजसेवी महेन्द्र नारायण श्रेष्ठ, वरिष्ठ पत्रकार खिमानन्द भट्टराईले रक्तदानको महत्वबारे प्रकाश पार्दै सामाजिक उत्तरदायित्वका गतिविधिमा सबै लाग्नुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, भाद्र ३० २०८३०५:५२:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology