Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस लुम्बिनी प्रदेशको सम्पर्क कार्यालय बुटवलमा शुभारम्भ

कांग्रेस लुम्बिनी प्रदेशको सम्पर्क कार्यालय बुटवलमा शुभारम्भ

  • 666
    SHARES

  • कांग्रेस लुम्बिनी प्रदेशको सम्पर्क कार्यालय बुटवलमा शुभारम्भ

    बुटवल,भदौ २६ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले आसन्न महाधिवेशनलाई लक्षित गर्दै बुटवलमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । बुटवल–कालिकानगरमा स्थापना गरिएको सम्पर्क कार्यालयको आज एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।

    कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अधिवेशनसँगै महाधिवेशनको प्रक्रिया अघि बढ्ने उनले बताए । पुनले पार्टीभित्र देखिएका समस्या संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

    आन्तरिक मतभेद भए पनि त्यसलाई संवादमार्फत टुङ्ग्याउँदै आगामी महाधिवेशनलाई एकताको अधिवेशनका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    उनले पार्टीको आगामी नेतृत्वका लागि सभापति  गगनकुमार थापालाई सर्वसम्मत रूपमा सभापति बनाउन सके राम्रो हुने र प्रतिस्पर्धाको अवस्था आए निर्वाचनमार्फत नेतृत्वमा ल्याउने वातावरण बनाउनुपर्ने धारणा राखे ।

    कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य भरत शाहले पार्टीलाई केन्द्रमा मात्र नभई जिल्ला, क्षेत्र र स्थानीय तहसम्म थप चलायमान बनाउनुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्यहरू राधेश्याम पाठक, राजेन्द्रगोपाल श्रेष्ठ, रामबहादुर कार्की, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण लगायतले धारणा राखेका थिए ।IMG_8873.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र २६ २०८३११:१४:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology