Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजधानीसंग अर्थमन्त्री पद साटेको भन्दै बिष्णु पौडेललाइ बुटवलमा तरुण दल र नेविसंघको कालोझण्डा (फाेटाेफिचर)

राजधानीसंग अर्थमन्त्री पद साटेको भन्दै बिष्णु पौडेललाइ बुटवलमा तरुण दल र नेविसंघको कालोझण्डा (फाेटाेफिचर)

  • 11.1K
    SHARES

  • राजधानीसंग अर्थमन्त्री पद साटेको भन्दै बिष्णु पौडेललाइ बुटवलमा तरुण दल र नेविसंघको कालोझण्डा (फाेटाेफिचर)

    बुटवल ,मंसिर १०-

    नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाइ बुटवलमा कालोझण्डा देखाएका छन् ।

    लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाएका हुन् ।

    मंगलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा २ दिन बिभिन्न कार्यक्रममा सहभागि हुदैछन् । सडकमा बाक्लो संख्यामा रहेका तरुण दल र नेबिसंघका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

    गृहजिल्ला रूपन्देही आईपुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शनसमेत गरेका हुन्।

    बिरोध प्रदर्शनपछि नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले नागरिक अनलाइनसंग संग भने-‘ बिकास निर्माणका काममा कांग्रेसको समर्थन नै छ,तर खाली हाम्रो बिरोध राजधानी सारेकोमा हो ।’

    यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए। बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन पाएन । bishnu paudel copy.jpg

    flag black.jpg

    black flag.jpgkalo jhanda butwal.jpgblack flag.jpgtarun birod.jpgkaloooooo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology