बुटवल,असोज २८ -
प्रदेश ५ को राजधानी बुटवलबाट सार्ने सरकारको तयारीका बेला भएको आन्दोलनलाइ लिएर विद्यार्थी नेतामाथि चलाइएको मुद्धाप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध जनाएको छ ।
सत्ता र शक्तिको दुरुपयोग रोक्न नेबिसंघले आन्दोलन गरेको स्मरण गर्दै सरकारले बिद्यार्थी नेतालाइ दमन गर्न र झुट्टा मुद्धा चलाउन थालेको भन्दै आपत्ती जनाएको हो ।
नेविसंघ केन्द्रिय उपसभापति मुक्ति पौडेलले बुधबार एक बिज्ञप्तीमा जारी गर्दै मुद्धा फिर्ता लिन र सहमतिका लागि बाटो खुला गर्न आग्रह गरेका छन् ।

बिज्ञप्तीमा भनिएको छ-‘बुटवलबाट सत्ता र शक्तिको दुरुपयोग गरि राजधानी दाङ सारिएको छ,आन्दोलनमा उत्रिएका आन्दोलनकारीमाथि सरकारले झुठ््ठा मुद्धा चलाउनु सरकार उल्टो बाटोमा हिड्नु हो,हाम्रा साथीहरुलाइ मुद्धा लगाएर थुनामा पुर्याए हामी फेरि आन्दोलन गर्न बाध्य हुनेछौं,बेलैमा सचेत बनाउन चाहन्छौं’ ।
‘छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापूर्वक बल प्रयोग गर्ने र झुट्टा मुद्धा लगाउन उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज हो ।’
इलाका प्रहरी कार्यालय बुटवलले नेविसंंघका बिद्यार्थी नेताहरु सुरज क्षेत्री,सन्दीप पाण्डे,रोशन थापा,तरुणदलका अदिल खांन,भेषराज पोखरेललाइ झुठ्ठा मुद्धा चलाएर आतंकित पारेको उनले बताए ।
‘सत्ता र शक्तिको दुरुपयोग गरि युवा बिद्यार्थीमाथि अमानवीय ब्यबहार प्रदर्शनगर्ने र झुठ्ठा मुद्धा लगाउनु कदापि स्वीकार्य हुदैन’ —उनले नागरिक अनलाइनसंग भने । उनले अब सरकारले गरेकाे अनियमितता,भ्रष्टाचार र घुस काण्डकाे पर्दाफास गर्ने बताए ।
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि असोज १६ देखि नै नेविसंघने आन्दोलन गरेको थियो । सरकारले दुइतिहाइ मत सहित २० असोजमा प्रदेश ५ को राजधानी दाङ देउखुरी उपत्यका र नाम लुम्बिनी प्रदेश पास गरेको थियो ।
यहि बिषयलाइ लिएर संसदमा कुर्ची तोडफोड भएको थियो । भने यता आन्दाेलनकारीले सडकमा एक दर्जन सरकारी सवारीमा तोडफोड गरेका थिए । यसअघि मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा बुटवलबाट नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल
नेपाली कांग्रेसका नेताहरू हरिलाल पाण्डे, शिव गैरे, विष्णु पोखरेल, ज्ञानेन्द्र कार्की, नेपाल तरुण दलका क्षेत्रिय सभापति प्रकाश गैरे र पत्रकार कमला पाण्डेलाइए प्रहरीले गिरफ्तार गरेको थियो ।
यी समाचारहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)