Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही कांग्रेसले २० असोजलाई ‘कालो दिन’को रुपमा मनायाे, मं‌गलबार साँझ आधा घण्टा ब्याल्याक आउट !

रुपन्देही कांग्रेसले २० असोजलाई ‘कालो दिन’को रुपमा मनायाे, मं‌गलबार साँझ आधा घण्टा ब्याल्याक आउट !

  • 3.1K
    SHARES

  • रुपन्देही कांग्रेसले २० असोजलाई ‘कालो दिन’को रुपमा मनायाे, मं‌गलबार साँझ आधा घण्टा ब्याल्याक आउट !

    बुटवल,असाेज २१-

    रुपन्देही कांग्रेसले प्रदेश न ५ को स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्ताव पारित भएको असोज २० गतेलाई कालो दिनका रुपमा मनाएको छ ।

    हिजाे मंगलबार प्रदेशसभा बैठकबाट दुई तिहाई बढी मतले दाङ राजधानी बनाउने प्रस्ताव पास गरेपछि नेपाली कांग्रेस रुपन्देहीले विज्ञप्ति निकालेर राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल समेत गरेकाे थियाे ।

    पार्टी सभापति अब्दुल रज्जाकले निकालेको विज्ञप्तिमा मंगलबार साँझ ७ बजेदेखि आधा घण्टा घरका बत्ती निभाएर विरोध जनाउन अपिल गरेका थिए।

    तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेका मध्ये ६ वटा प्रदेश यथास्थानमा कायम भएका छन् ।

    प्रदेश ५ को राजधानी मात्रै दाङ सार्नुले जनताको भावनामा गहिरो चोट पुर्‍याउने कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । व्यापक विरोध र जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चँदै सरकारले दुई तिहाईको दम्भले गलत निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    राजधानी सार्ने निर्णय गर्ने पार्टी र सरकार तथा यसका पक्षधरहरुविरुद्ध उपयुक्त मूल्याङ्कन हुने रज्जाकले बताए । कांग्रेसले रुपन्देहीलाई राजधानी कायम गर्न निरन्तर आन्दोलन चलाउने र आफ्नो पार्टीको बहुमत पुगेका वेला रुपन्देही बनाउने दावी समेत विज्ञप्तिमा उल्लेख छ ।

    अहिले चलिहरेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ । आन्दोलनका क्रममा पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे त्यसका विरुद्ध पनि आन्दोलन चर्काउने सचिब रामकृष्ण खाँणले बताए ।

    congress-rupandehi-1.jpg

    यी समाचारहरु पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology