Logo बिहिवार, आश्विन १ गते २०८३
images

कमल थापाले भने- ‘देशमा संघीयता आवश्यक छैन,प्रदेश तह खारेज गरौँ ’

कमल थापाले भने- ‘देशमा संघीयता आवश्यक छैन,प्रदेश तह खारेज गरौँ ’

  • 7.3K
    SHARES

  • कमल थापाले भने- ‘देशमा संघीयता आवश्यक छैन,प्रदेश तह खारेज गरौँ ’

    बुटवल,असोज २० -  

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संघीयता आवश्यक नभएको बताएका छन् । उनले पछिल्लो ५ वर्षको अनुभव र प्रदेश ५ मा हिजो मात्रै भएको ध्वंसात्मक कृयाकलापले नेपालमा संघीयता आवाश्यक नभएको प्रमाणित गरेको दाबी गरे ।  

    थापाले प्रदेश ५ सभामा मंगलबार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहको ध्वंसात्मक कार्य निन्दनीय भएको समेत बताए । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै उनले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नसमेत माग गरेका छन्।kamal thapa sts.png

    मंगलबार बिहान उनले लेखेका छन्-‘५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।’

    यी समाचारहरु पनि पढाैँ :-

     

    •  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology