Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न कांग्रेसको सभापति देउवाकाे निर्देशन

नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न कांग्रेसको सभापति देउवाकाे निर्देशन

  • 3.8K
    SHARES

  • नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न कांग्रेसको सभापति देउवाकाे निर्देशन

    बुटवल,असोज २० -  

    नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ ।

    संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारवाही गर्ने भएको हो ।

    कांग्रेस स्रोतका अनुसार सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए ।

    सानेपामा सोमबार नै बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक कोरोनाका कारण बस्न नसकिरहेका बेला देउवाले केही केन्द्रीय नेताहरुसँग टेलिफोन सम्वाद गरेको स्रोतले बतायो । कांग्रेसको नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न देउवाले निर्देशन दिएका छन् ।

    सोमबार बुटवलमा प्रदेशसभाको बैठक भइरहँदा कांग्रेस सांसद बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार तोडफोडमा उत्रिएका थिए । अन्य केही सांसदले पनि उनीहरुलाई साथ दिएका थिए ।

    रोष्टम अगाडि उभिएर शान्तिपूर्वक नाराबाजी गर्नु स्वाभाविकै भए पनि सरकारी सम्पतिमाथि भौतिक क्षति पुर्‍‍याइनु कांग्रेसको नीति विपरीत भएको एक नेताले बताए ।

    यसैवीच, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सोमबार नै ट्विटमार्फत प्रदेशसभा तोडफोडको घटनालाई नेपाली कांग्रेसले ढाकछोप नगर्ने बताएका छन् । शर्माले ट्विटमा भनेका छन्, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको छिटपुटझ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’

    अर्का नेता गगन थापाले पनि तोडफोडको घटना गतल भएकाे र मन्त्रीकाे भाषा असभ्य भएकाे बताएका छन् ।

    यी समाचारहरु पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology