Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोनाको मारमा परेका २५० महिलालाइ खाद्यान्न सहित आर्थिक सहयोग प्रदान

कोरोनाको मारमा परेका २५० महिलालाइ खाद्यान्न सहित आर्थिक सहयोग प्रदान

  • 4.3K
    SHARES

  • कोरोनाको मारमा परेका २५० महिलालाइ खाद्यान्न सहित आर्थिक सहयोग प्रदान

    बुटवल ,कार्तिक २८ -

    यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्याक्तिहरुलाइ लक्षित गरि रुपन्देहीको तिलोत्तमामा राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको छ ।

    कोरोना भाइरस कोभिड १९ को कहरका कारण जीवनयापनमा असहज भएका महिलाहरुलाई लक्षित गरि युएन वुमनको आयोजनामा नगरका १७ वटै वडाका महिलाका लागि कार्तिक २६ देखि २७ गतेसम्म राहत र नगद वितरण गरिएको हो ।corona rahat saman (1).jpg 

    ब्लु डायमण्ड सोसाइटी, वुमन एक्ट, र सिडिडब्लुएन लगायतका सहयोगी संस्थाहरुको आबद्धतामा युएन वुमनले राहत वितरण गरिएको ब्लु डायमण्ड सोसाइटी ,तेस्रो लिङ्गी अधिकारकर्मी आनिक राना मगरले बताउनुभयो ।corona rahat saman (3).jpg

    सो कार्यक्रमबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, अपाङ्गता, दलित समुदायका २५० जना महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । रानाले प्रत्येक ब्याक्ति चामल,दाल,नुन,तेल,साबुन,टुथपेष्ट,स्वास्थ्य सामग्री, र नगद १३—१३ हजार बितरण गरिएको जानकारी दिनुभयो ।

    निल हिरा समाज केन्द्रकी प्रेसिडेन्ट पिङ्की गुरुङ ,अधिकारकर्मी आनिक राना लगायतले राहत वितरण गरेका थिए । rahat.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology