बुटवल,भदौ २ ० ।
आम नागरिकको स्वास्थ्यसंग जोडिएको अौषधीजन्य संवेदनशील ब्यवसायलाई सरकारबाट धरासायी बनाउने काम भैरहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले आरोप लगाएका छन।
नेपाल अौषधी ब्यवसायी संघ रुपन्देहीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनमा बोल्ने बक्ताहरुले सरकारबाट ब्यवसायी र आम नागरिकका बिचमा द्वन्द्व सृजना हुने र ब्यवसाय धरासायी हुने गरि निति ल्याएको आरोप समेत लगाए।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशस्वस्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगरले संवेदशिल ब्यवसायलाई ब्यवस्थित र मर्यादित बनाउनतर्फ जोड दिन आग्रह गरे। अन्य पेशा ब्यवसायभन्दा फरक र संवेदशिल ब्यवसाय भएको उनले बताए। 
कार्यक्रममा नेपाल अौषधी ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, नेपाल अौषधी ब्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, नेपाल अौषधी ब्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवाली, पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेल, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्याल, गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले नागरिकको हकहितमा सरकार नितिगत रुपमा काम गर्दै गर्दा उद्योग ब्यवसायीहरुको हकहितसंग नबाझिने गरि निति बनाउन आग्रह गरे। १५ बेडको अस्पताल दर्ता गर्न स्थानिय सरकारले पाउने तर क्लिनिक दर्ता भने प्रदेश सरकारबाट हुने प्रावधान गलत भएको उनिहरुले बताए। यस्ता समस्याका गाठो फुकाउने काम गर्न उनिहरुले आग्रह गरे।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष खड्ग प्रसाद बस्तेतले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पारे। ब्यवसायिक हकहित र संस्थागत विकासमा विशेष कामहरु भएको उनले बताए।
कार्यक्रममा उत्कृष्ट ब्यवसायी सम्मान रिटेलको पहिलो पसल संचालन गरेका सिह मेडिकल हलका संस्थापक स्वर्गिय सुद्दितमान सिहका सुपुत्र डा.रमेशमान सिह तथा महेशमान सिहलाई सम्मान गरिएको छ।स्वर्गिय खेम पुनबाट शुरु भएको होलसेल खेम ईन्टरप्राईजेजका संचालक ओमीकला पुनलाई सम्मान गरिएको छ। खुद्रातर्फ २०४९ सालदेखि कार्यरत जनसेवा मेडिकल हलका संचालक हेम बहादुर चिदीमगर, संघका सदस्य एकादेव बश्याल उत्कृष्ट कार्यसमितिका रुपमा सम्मानित भएको सम्मान कार्यक्रमका संयोजक बाबुराम भट्टराईले बताए।
कार्यक्रममा ब्यवसायमा देखिएका समस्या समाधानका लागि महासचिव कृष्ण पोखरेलले अौषधीहरु संस्थागत सिफारिसको नाममा दुरुपयोग भएको उनले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)