Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको कालिका मानवज्ञानद्वारा सरकारी कोषमा साढे १८ लाख रकम प्रदान

बुटवलको कालिका मानवज्ञानद्वारा सरकारी कोषमा साढे १८ लाख रकम प्रदान

  • 279
    SHARES

  • बुटवलको कालिका मानवज्ञानद्वारा सरकारी कोषमा साढे १८ लाख रकम प्रदान

    बुटवल, भदौ २३ ।
    रुपन्देहीको बुटवल–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ।

    विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
    बिध्यार्थिरूकोअभियान  बाट ९६४०० र क्यु आर अभियान बाट १००१ गरि कुल १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ प्रधानाध्यापक दैवि प्रकोप कोष मा जम्मा गरिएको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवालीले जानकारी दिए ।

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भयावह बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग संकलन अभियान सञ्चालन गरेको  बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवाली ले जानकारी दिए ।

    विद्यालयले सार्वजनिक गरेको शोक तथा समवेदना सन्देशमा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हराइरहेका नागरिकको खोजतलास तथा उद्धार कार्य निरन्तर जारी रहोस् भन्ने कामना गरिएको छ।

    विद्यालय परिवारले विपद्का बेला पीडित नागरिकलाई राज्य तथा विभिन्न संघसंस्थाको सहयोगसँगै समुदायस्तरबाट हुने मानवीय सहयोगले समेत ठूलो महत्व राख्ने भएकाले विद्यालयले शिक्षक, कर्मचारी र विद्यार्थीलाई अभियानमा सहभागी गराएको हो।
    विद्यार्थीहरूले समेत आफ्नो खाजा खर्चबाट कटौती गरी स्वेच्छिक रूपमा रकम जम्मा गरेका थिए। विद्यार्थीहरूले नगद तथा क्यूआरमार्फत समेत सहयोग गरेका थिए। 
    यसरी शिक्षक–कर्मचारी र विद्यार्थीको संयुक्त प्रयासबाट संकलित रकम राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका का.वा अध्यक्ष तेजेन्द्र खनालले बताए  ।

    विद्यालयले राहत, उद्धार तथा पुनःनिर्माणका लागि आफूहरूले गरेको आर्थिक सहयोगको विवरणसमेत सार्वजनिक गरेको छ। 
    सहयोग रकम पारदर्शी रूपमा सम्बन्धित कोषमा जम्मा गरिएको जानकारी सबैलाई गराउँदै विद्यालयले सामाजिक उत्तरदायित्वका यस्ता कार्यमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको अवस्थामा विद्यालयले गरेको १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँको सहयोग राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण योगदानका रूपमा लिइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, भाद्र २३ २०८३०४:०८:१२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology