बुटवल,असार १९ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा विनोद पहाडी मनोनित भएका छन । लामो समयदेखि पत्रकारितामा सक्रिय पहाडीलाई माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका पहाडी २०६४ सालमा संविधानसभा सदस्य भएका थिए । पहाडीसँगै केन्द्रीय सदस्यमा गोविन्द केसी र मुस्लिम मुक्ति मोर्चाका मक्सुदअलि मनोनित भएका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)