Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीको शुद्धोधनमा कृषि मन्त्री घनश्याम भुसाललाइ काँग्रेसले देखायाे कालाे झण्डा

रूपन्देहीको शुद्धोधनमा कृषि मन्त्री घनश्याम भुसाललाइ काँग्रेसले देखायाे कालाे झण्डा

  • 6.6K
    SHARES

  • रूपन्देहीको शुद्धोधनमा कृषि मन्त्री घनश्याम भुसाललाइ काँग्रेसले देखायाे कालाे झण्डा

    बुटवल,कार्त्तिक ८ -

    रूपन्देहीको शुद्धोधनमा कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाइ नेपाली काँग्रेसले कालाे झण्डा देखाएकाे छ।

    गाउपालिका वडा नम्बर ४ को वडा कार्यालय उद्घाटन गर्न पुगेका मन्त्री भुषाललाई शुद्धोधन काँग्रेसले कालो झण्डा  देखाएको हाे ।

    चुनावीसभामा बोलेको तर प्रदेशकाे राजधानी सार्दा पनि कुनै आवाज नउठाएकोले कालो झण्डा देखाईएको सचिब धनराज धनराज कडेलले बताए ।

    धानको मुल्य तोकेको तर कार्यान्वयन नभएको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरे ।स्कुलको जमिनमा निर्माण भएको कृषि उपज केन्द्र समेत उद्घाटन गर्ने कार्यक्रम थियो तर कँग्रेस सँग कुनै सहमति सहकार्य नभएकोले सो उपज केन्द्रको उद्घाटन गर्ने कार्यक्रम काँग्रेस को विरोधका कारण स्थगित भएको  छ ।

    शुद्धोधन गाँउ पालिका वडा नं ४ को नवर्निमित कार्यालय भवन उदघाटन समारोहलाई सम्बोद्धन गर्दै मन्त्री भुसालले नेपालको शान सुखी किसानको अवधारणा सहित आफूले दीर्घकालीन योजना बनाउनमा जुटेको बताएका छन ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology