Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पति गुमाएकी प्रतिभालाई असल सहकारीद्वारा ५ लाख बराबरको बिमा रकम हस्तान्तरण

पति गुमाएकी प्रतिभालाई असल सहकारीद्वारा ५ लाख बराबरको बिमा रकम हस्तान्तरण

  • 3.2K
    SHARES

  • पति गुमाएकी प्रतिभालाई असल सहकारीद्वारा  ५ लाख बराबरको बिमा रकम हस्तान्तरण

    बुटवल,कार्तिक ७ - 

    असल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सौ फर्साटकरको बिमा रकम हस्तान्तरण कार्यक्रम भएकाे छ  ।

    असोज ५ गते मृत्यु भएका बिष्णु नेपालको धर्मपत्नी प्रतिभा पौडेल नेपाललाइ रु ५,लाख बराबरको बिमा रकम हस्तान्तरण गरिएको हो।संस्थाका सेयर सदस्य नेपालको यही असोज ५ गते दिन दुर्घटनामा परि मृत्यु भएको थियो।

    कार्यक्रम संस्थाका अध्यक्ष बालकृष्ण पराजुलीको अध्यक्षता , शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीको प्रमुख आतिथ्यता, शुद्धोधन गाउपलिका वडा ४ अध्यक्ष राजन्द्र कडेलको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा हेम बहादुर थापा, अतिथि नेको इन्स्योरेन्सका अविश्कार खनाल,संस्थापक अध्यक्ष मधु प्रसाद खनाल लगायतकाे उपस्थिति रहेको थियो ।

    कोषाध्यक्ष शालिकराम बस्यालको स्वागत मन्तव्य,लेखा संयोजक बलराम पाण्डेको व्यवस्थापन र सचिव हेमन थापाको सन्चालनमा सम्पन्न भएको थियो।सौ फर्साटकरमा सम्पन्न भएको कार्यक्रममा बाेल्ने बक्ताहरुले नेकाे इन्स्योरेन्सले तत्काल बीमाकाे रकम उपलब्ध गराएकाे भन्दै खुसी ब्यक्त गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology