Logo मंगलवार, श्रावण १२ गते २०८३
images

युनिभर्सल मेडिकल कलेज भैरहवालाई पीसीआर परीक्षणको अनुमति

युनिभर्सल मेडिकल कलेज भैरहवालाई पीसीआर परीक्षणको अनुमति

  • 5.3K
    SHARES

  • युनिभर्सल मेडिकल कलेज भैरहवालाई पीसीआर परीक्षणको अनुमति

    बुटवल,कार्तिक ५- 

    भैरहवामा रहेकाे युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेसले पीसीआर परीक्षणको अनुमति पाएको छ । 

    राष्ट्रिय जनस्वास्थ्य कार्यालयका प्रमुख कन्सल्ट्यान्ट प्याथोजिष्ट डा. मुकुन्दा शर्माले स्थलगत निरीक्षण गर्दा मेडिकल कलेजले मापदण्ड पुरा गरेकाले पिसिआर परीक्षणका लागि अनुमति दिएको बताइन् ।

    मेडिकल कलेजले यस अघि नै पिसिआर परीक्षण गर्न लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशालासँग माग गरेको थियो ।‘भर्खरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पत्र प्राप्त भएको छ । अव भोलीदेखि नै निरन्तर रुपमा कोरोना परीक्षण हुन्छ ।’–उनले भने ।

    मेडिकल कजेलका सूचना अधिकार शुशिल गुरुङ्गले नेपाल सरकारले निर्धारण गरेको २ हजारमा कोरोना परीक्षण गर्ने बताए ।

    भैरहवा क्षेत्रका काेराेनाका बिरामीलाइ परिक्षणका लागि थप सहज हुने अपेक्षा गरिएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology