Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसले फिर्ता गर्‍यो दशैं भत्ताबापतकाे ४३ लाख २० हजार ८१० रुपैयाँ

कांग्रेसले फिर्ता गर्‍यो दशैं भत्ताबापतकाे ४३ लाख २० हजार ८१० रुपैयाँ

  • 9.6K
    SHARES

  • कांग्रेसले फिर्ता गर्‍यो दशैं भत्ताबापतकाे  ४३ लाख २० हजार ८१० रुपैयाँ

    बुटवल,कात्तिक ३-

    नेपाली कांग्रेसले दशैं भत्ताबापत आफ्ना सांसदको खातामा आएको ४३ लाख २० हजार ८१० रुपैयाँ कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

    कांग्रेस संसदीय दलका मुख्य सचेकत बालकृष्ण खाणले सोमवार एक विज्ञप्ति प्रकाशित गरी दशैं भत्ता कोरोना उपचार कोषमा राख्ने निर्णय भएको जानकारी दिए ।

    कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आमनेपाली जनता रोग, भोक र अभाव, पीडा र कठिनाइ व्यहोरिरहेको समयमा जनप्रतिनिधिलाई दशैं भत्ता बाँड्ने निर्णय समय सान्दर्भिक र उचित नभएकाले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले भत्ता फिर्ता गर्ने निर्णय गरेको खाणले विज्ञप्तिमा जनाएका छन् ।nc vatta.jpg

    सत्तारुढ नेकपा संसदीय दल पनि संस्थागत निर्णय गरेर सांसदहरूले दशैं भत्ता फिर्ताको तयारी गरेको छ । राष्ट्रिय सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले संस्थागत रुपमै निर्णय गरेर भत्ता फिर्ताको तयारी भइरहेको जानकारी दिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology