Logo मंगलवार, श्रावण १२ गते २०८३
images

धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू : खाँड,गगन,रावल र नारायणकाजीले गरे रकम फिर्ता !

धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू : खाँड,गगन,रावल र नारायणकाजीले गरे रकम फिर्ता !

  • 3.4K
    SHARES

  • धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू : खाँड,गगन,रावल र नारायणकाजीले गरे रकम फिर्ता !

    बुटवल,कार्तिक २- 

    काेराेना महामारीका बेलामा पनि दसैं भत्ता बुझेको भन्दै आलोचना भएपछि सत्तारूढ-प्रतिपक्षी सांसदहरूले धमाधम भत्ता फिर्ता गर्न थालेका छन्।

    प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भत्ता रकम फिर्ता गरेका छन्। ‘अहिलेको विषम अवस्था र आम नेपालीले भोग्नुपरेको अभाव र पीडालाई ध्यानमा राख्दै जनप्रतिनिधिको रूपमा दसैं भत्ता लिन उचित लागेन,’ खाँणले भने, ‘यो रकम संसद सचिवालयमार्फत् सरकारलाई फिर्ता गर्दछु। सरकारले जनहितमा उपयोग गरोस्।’

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले आज संघीय संसद सचिवालयमा भत्तावापतको रकम फिर्ता गरेका छन्।थापाका स्वकीय सचिव सविनबाबु मुडभरीमार्फत् थापाले ६४ हजार ७० रूपैयाँ संसद सचिवालयमा फिर्ता दिएका हुन्। 

    ‘संसद सचिवालयमा नगद नै फिर्ता गरिदिएको हो,’ मुडभरीले भने। यस्तै सांसद थापाले संसद सचिवालयलाई लेखेको पत्रमा भत्ता रकम फिर्ता लिन आग्रह गरेका छन्।

    यस्तै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद भीम रावलले संघीय संसद सचिवालयलाई आइतबार पत्र लेख्दै भत्ता कट्टा गर्न आग्रह नै गरेका छन्।

    आफ्नो खातामा पठाएको भत्ता फिर्ता लिन प्रक्रियागत अप्ठेरो आइपरे चेक वा अर्को महिनाको पारिश्रमिकबाट कट्टी गर्ने विकल्पसमेत रावलले संसद सचिवालयलाई दिएका छन्।

    उनको खाता दसैं भत्ताबापत् ६४ हजार ७० रुपैयाँ आएको थियो। उनले भत्ता लिने व्यवस्था नै हटाउन पनि माग गरेका छन्।नेकपाका सांसदहरू जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतले पनि दसैं भत्ता लिनु उचित नहुने बताएका छन्। 

    नेकपा प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यवापत् आउने पारिश्रमिक र भत्ता एक वर्ष नलिले यसअघि नै घोषणा गरेका थिए। उक्त रकम उनले कोरोना नियन्त्रण तथा उपचारका लागि खर्च गर्न सरकारलाई आग्रह गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology