Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चैत १० देखि १४ गतेसम्म बुटवलमा उवासंघको कृषि मेला

चैत १० देखि १४ गतेसम्म बुटवलमा उवासंघको कृषि मेला

  • 4.1K
    SHARES

  • चैत १० देखि १४ गतेसम्म बुटवलमा उवासंघको कृषि मेला

    बुटवल,फागुन २१ ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा विशिष्टिकृत ‘कृषि मेला–२०७८’ गर्ने भएको छ । संघको हालै बसेको कार्यसमिति बैठकले कृषि मेला गर्ने निर्णय गर्दै त्यसको लागि कार्यसम्पादन समिति र विभिन्न उपसमिति गठन गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो ।

    संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले व्यवसायिक कृषि, कृषिमा प्रविधि, कृषि उपकरण, कृषि उत्पादनलाई जोड दिँदै आगामी चैत १० देखि १४ गतेसम्म कृषि मेला–२०७८ गर्ने निर्णय गरिएको हो ।

    कृषि मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू संयोजक रहेको मुल कार्यसम्पादन समिति गठन गरिएको छ । मूल कार्यसम्पादन समितिको सहसंयोजकमा वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उपसंयोजकमा उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल रहनुभएको छ ।

    krisi mels.jpg

    त्यस्तैगरी महासचिव बिमलराज भट्टराईलाई सदस्य सचिव, कोषाध्यक्ष नविनप्रसाद श्रेष्ठलाई आर्थिक व्यवस्थापन र सचिव मुक्तिप्रसाद अधिकारीलाई सचिवालय व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाललाई कृषि मेला समन्वय संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

    कृषि मेला सञ्चालनको लागि स्टल निर्माण तथा मञ्च व्यवस्थापनमा कार्यसमिति सदस्य प्रकाशकुमार श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै कार्यसमिति सदस्यहरु सञ्जय कलवार जयसवाललाई तालिम तथा गोष्ठि व्यवस्थापन, प्रतिक पोखरेललाई सांस्कृतिक तथा गेट व्यवस्थापन, दीपक चापागाईलाई सौजन्य व्यवस्थापन, कृष्णप्रसाद श्रेष्ठलाई सुरक्षा व्यवस्थापन, काशिराम पौडेललाई खाजा व्यवस्थापन, जमुना पौडेललाई अतिथि सत्कार तथा प्रचारप्रसार र टिकाराम वञ्जाडेलाई स्टल उत्प्रेरक तथा वितरणको जिम्मेवारी प्रदान गरिएको छ ।

    पाँच दिनसम्म सञ्चालन गरिने कृषि मेलामा कुल ४५ स्टल राखिने छ । त्यसविचमा कृषि सम्बन्धि कार्यशाला गोष्ठि समेत गरिने छ । मेलामा कृषि तथा पशुपालन सम्बन्धि विशिष्ट उत्पादनको प्रदर्शनी गरिने प्रचारप्रसार समितिकी संयोजक जमुना पौडेलले जानकारी गराउनु भयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology