बुटवल, पुस २३ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज सार्वजनिक गर्दैछ। यसअघि दाबीविरोध समय दिएको आयोगले उम्मेदवारको मनोनयन पत्र जाँच गरी दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ।
कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले बताए। माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
भोलि उम्मेदवारलाई नाम फिर्ताको समय दिइनेछ। पुस २५ गते अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)