Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यायपालिकाको समस्या समाधानमा प्रधानन्यायाधीश राणाले निकास दिन सक्नुपर्छ : डा.शेखर कोइराला (भिडियोसहित)

न्यायपालिकाको समस्या समाधानमा प्रधानन्यायाधीश राणाले निकास दिन सक्नुपर्छ : डा.शेखर कोइराला (भिडियोसहित)

  • 3.5K
    SHARES

  • न्यायपालिकाको समस्या समाधानमा प्रधानन्यायाधीश  राणाले निकास दिन सक्नुपर्छ : डा.शेखर कोइराला (भिडियोसहित)

    बुटवल,कार्तिक १७ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले न्यायपालिकामा देखिएको समस्याको निकास प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर राणाले नै निकाल्न सक्नुपर्ने बताएका छन्। उनले न्यायपालिकामा भएका विकृतिका विषयमा विषयमा बोल्नै हुँदैन भन्ने सोच लोकतान्त्रिक हुन नसक्ने बताए ।

    आज नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समाजले बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै  कोइरालाले न्यायपालिकाले बिवादित बन्न नहुनेमा समेत जाेड दिए ।

    पार्टीका आम नेता कार्यकर्ताले कांग्रेस एक्लै चुनावमा भिड्नुपर्ने बताइरहेका बेला उनले आफ्नो धारणा पनि एक्लै चुनाव लड्नुपर्ने रहेको बताए । ‘गठबन्धन हाेइन, एक्लै लड्नुपर्छ ’तर हाम्राे पार्टीको नेतृत्व अझैपनि गठबन्धनकै पक्षमा छ ।’ - उनले भने ।

    अब महाधिवेशनको मिति सर्दैन,समयमै हुन्छ :

    कोइरालाले नयाँ कार्यतालिका अनुसार नै महाधिवेशन सम्पन्न हुने र अब मिति नसर्ने समेत बताए ।

    कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, कपिलबस्तुका सभापति तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, रोल्पाका सभापति तथा पूर्वमन्त्री अमर पुन, गुल्मीका सभापति भुवन श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्द पोखरेललगायतले पार्टीले नयाँ नेतृत्व खोजेको भन्दै पार्टीलाई चलायमान नेतृत्व आउनु पर्ने भनाई राखे ।

    सम्पर्क समितिका सभापति घनश्याम पन्तको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र भण्डारी, गुल्मीका सचिव खिलध्वज पन्थी, रुपन्देही क्षेत्र नं २ का सभापति हरि लम्साल, बुटवल नगर समितिका सभापति, खेलराज पाण्डे, डिएलएका केन्द्रीय उपाध्यक्ष गोकर्णसिंह थापा, सम्पर्क समितिका सल्लाहकार हरिबहादुर आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सम्पर्क समितिका सचिव छाया पोखरेलको सञ्चालनमा भएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology