बुटवल,असोज १२-
सरकारले पीसीआर परीक्षण गराउँदै आएका सबै प्रयोगशालालाई रिपोर्ट पोजिटिभ वा नेगेटिभ जे आए पनि आफैं दिन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रयोगशालालाई यस्तो निर्देशन दिएको हो।
यसअघि पोजिटिभ रिपोर्ट आएमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी दिनुपथ्र्यो। महाशाखाले स्थानीय तहमार्फत् संक्रमित व्यक्तिलाई सम्पर्क गरेपछि मात्र रिपोर्ट थाहा हुथ्यो भने नेगेटिभ रिपोर्ट ल्याबले आफैं जानकारी गराउँदथे।
अब भने पोजिटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि प्रयोगशालाले आफैं जानकारी गराउनुनपर्ने छ। देशभर संक्रमित बढ्दै गएको र संक्रमितले रिपोर्ट थाहा पाएपछि होम आइसोलेशनमा बस्ने हुँदा ल्याबलाई नै रिपोर्टबारे जानकारी दिन भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)