Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन असोज अन्तिम साता

बुटवल उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन असोज अन्तिम साता

  • 3.3K
    SHARES

  • बुटवल उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन असोज अन्तिम साता

    बुटवल असोज ५ -
    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोज अन्तिम साता हुने भएको छ ।

    संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन यहि असोजको २८, २९ र ३० गते गर्ने निर्णय गरेको हो । संघले साधारण सभा तथा अशिवेन गर्ने निर्णय गरेपनि कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण सरकारले सभा सम्मेलन गर्न रोक लगाएकोले अन्यौल भने कायमै छ । 
    बैठकले साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नकालागि बिभिन्न तयारी समिति समेत गठन गरेको छ । बैठकले साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नका लागि कार्यसमिति सदस्यहरु प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा हल तथा निर्वाचन स्थल व्यबस्थापन समिति, मुक्ति अधिकारीको संयोजकत्वमा किट व्याग तथा रजिष्ट्रेसन समिति, प्रतिक पोखरेलको संयोजकत्वमा प्रस्ताव समिति, बसन्तप्रसाद ढकालको संयोजकत्वमा खाना तथा जलपान व्यबस्थापन समिति, धनकुमारी खनालको संयोजकत्वमा स्वागत तथा व्याच समिति र करुण खनालको संयोजकत्वमा सदस्यता मत सर्वेक्षण समिति गठन गरिएको संघमा महासचिव दिनेकप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

    संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । बैठकबाट संघका कानुनी परामर्शदता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता गोबिन्द मरासिनी र पत्रकार खिमानन्द भट्टराईलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।

    त्यस्तै संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजुको संयोजकत्वमा पुरस्कार छनौट समिति तथा उद्यमी व्यबसाय सम्मानका लागि पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव श्रेष्ठले बताउनु भयो । 

    २०७४काे अधिबेशनमा हमालको प्यानल नै विजयी भएकाे थियाे :

    यसअघि २०७४ साल २८ असोजमा भएकाे अधिबेशनबाट  संघको अध्यक्षमा खिमबहादुर हमाल निर्वाचित भएका थि्ए। तत्कालिन मतपरिणाम अनुसार संघमा २ जना सदस्य बाहेक हमालको प्यानल नै विजयी भएको हो ।

    मत परिणामअनुसार अध्यक्षमा हमाल ८ सय ६५ मत सहित बिजयी भए । उनका प्रतिद्वन्द्वी कृष्णकुमार श्रेष्ठले ६ सय ७५ मत ल्याए । हमाल र श्रेष्ठको मतान्तर १९० छ । हमाल लोकतान्त्रिक प्यानलबाट र श्रेष्ठ बामगठबन्धनबाट मैदानमा थिए । 

    २५ सदस्यिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उज्ववल प्रसाद कसजु ८५०, उद्योग उपाध्यक्षमा अनिलकुमार श्रेष्ठ ८९९ , वाणिज्य उपाध्यक्षमा हरि प्रसाद अर्याल ९०४ , महासचिवमा दिनेश प्रसाद श्रेष्ठ ९२१, कोषाध्यक्षमा बिमलराज भट्टराई १ हजार ४८ र सचिवमा कमल प्रसाद पौडेल ९८३ मत सहित बिजयी भएका थिए ।

    लोकतान्त्रिक प्यानलबाट हमाल र बाम कम्युनिष्ट प्यानलबाट कृष्ण कुमार श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए ।

    एक हजार ९ सय ९९ मतदाता रहेकोमा निर्वाचनमा एक हजार ५ सय ८३ मत खसेको थियो । मत परिणाम घोषणा भएलगत्तै नवनिवार्चित अध्यक्ष हमालले सबै व्यवसायीहरुलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका थिए ।

    एसोसिएट सदस्यमा नविन प्रसाद श्रेष्ठ नवराज ८४८ विजयी भए कार्य समिती सदस्य उद्योगतर्फ गोपाल टण्डन ७८५ , करुण खनाल ७६८, निर्मित कसजु ७५३, र सञ्जय कलवार ६९५ विजयी भएका थिए । कार्य समिती सदस्य बाणिज्यतर्फ मनोज ध्वजु ८५६, मुक्ति अधिकारी ८३६, नरिश्वर पौडेल ८५३, र टंक प्रसाद गैरे ८९६ विजयी भएका थिए ।

    महिला सदस्यमा भने धनकुमारी खनाल ७४२,मिनाप्रधान ८१६ ल्याएर बिजयी भए भने त्यस्तै खुल्ला सदस्यहरुमा बावुराम बिक ८२८, भेषराज गैरे ८२६, प्रकाशकुमार श्रेष्ठ ६३८ ,प्रतिक पोखरेल ७०१, शुक्रप्रसाद बस्याल ६५२ ,बाम गठबन्धनबाट सुरज भट्टराई ७२१ र मञ्जु भुसाल ६६४ विजयी भएका थिए  । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology