Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओलीले अहङ्कार त्यागे वाम गठबन्धन सम्भव : घनश्याम भुसाल 

ओलीले अहङ्कार त्यागे वाम गठबन्धन सम्भव : घनश्याम भुसाल 

  • 3.2K
    SHARES

  • ओलीले अहङ्कार  त्यागे वाम गठबन्धन सम्भव : घनश्याम भुसाल 

    बुटवल,बैशाख २ । 

    नेकपा एमालेका उपमहासचिब  नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीको अहङ्कार त्यागे वाम गठबन्धन अझै सम्भव रहेको बताउँनु भएको छ ।

    आज बुटवलमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उँहाले ओलीले बिगारेको राजनीति जिम्मेवारी लिने हिम्मत गर्ने र कुर्चीमा बस्ने अहङ्कार छाडे वाम गठबन्धन सम्भव रहेको बताउँनु भएको छ । 

    ओलीले आफू सत्तामा रहिरहने चाहनाको तृष्णाले राजनीतिक सहमति कमजोर बनेको उँहाको भनाई छ ।भुसालले आफ्नै पार्टीका नेतालाई लखटेर ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरसँग गठबन्धन गर्न खोजेको बताउँनुभयो ।

    उहाँले आफूहरू एमालेको गरिमा र प्रतिष्ठा बचाउन लागिपरेको बताउँनुभयो ।ओलीबाट निल्म्बित नेता भुसालले ओलीले आफू सत्तामा रहिरहने चाहनाको तृष्णाले राजनीतिक सहमति कमजोर बनेको ठोकुवा गर्नुभयो ।

    उँहाले ओलीले बिगारेको राजनीतिको क्षतिपूर्ति भर्नकै लागि ७० जिल्लामा आफुहरुले कमिटी ब्युँताउँदै लगेको तर्क गर्नुभयो । 

    ‘हामी त पहिला एमालेको एकता गर्ने, त्यसपछि वाम एकता र तेस्रोमा कम्यूनिष्ट पार्टीहरुविचको एकता मजबुद पार्ने पक्षमा छौं’ भुसालको भनाइ छ।

    पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल रुपन्देहीका संयोजक विनोद परियारको अध्यक्षता तथा सचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा भएको थियो । 

    पत्रकार सम्मेलनमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाई, नेकपा एमाले रुपन्देहीका अध्यक्ष राजु गुरुङ, नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष पुरुषोत्तम घिमिरे लगायतको उपस्थिती थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology